+
Search

ताजा अपडेट +

पपुलर +

जेनजीका नाममा स्वार्थ बोकेका अन्य व्यक्तिले देशमा विध्वंस मच्चाए : मेयर आचार्य

पालिका लाइभ
२०८२ आश्विन २९, बुधबार

पोखरा– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भाद्र २३ र २४ गते भएको आन्दोलनमा जेनजीको नाममा अन्य स्वार्थ बोकेका व्यक्तिहरूले देशमा विध्वंस मच्चाएको बताएका छन् ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजीहरुको नारा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा मात्र भएको भन्दै यस्तो किसिमको आपराधिक क्रियाकलापमा जेनजीको संलग्नता नरहेको विश्वास व्यक्त गरे ।

उनले भने, ‘चाहे मालपोतमा होस् । चाहे त्यो उपत्यका नगर विकास समिति होस् स्वार्थ पूरा गर्नको लागि क्षति गरे । जेनजीको नाम मात्र हो । जेनजीले यो प्रकारको काम गर्नै सक्दैनन् । उहाँहरूको योजना यस्तो थिएन भनिराख्नु भएको छ । भवनहरू बस्न लायक नछोडी जलाइएको छ, यो खालको आपराधिक काम गर्ने जेनजी होइन । उहाँहरूको नारा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा थियो ।’

त्यस्तै उनले पोखराको सबै घरसँग सम्बन्धित सम्पूर्ण अचल सम्पत्ति भएको कार्यालयमा आगजनी हुँदा त्यसको कुनै पनि रेकड आफूहरूसँग नरहेको बताए । यद्यपि सफ्टवेयरहरू बचेको हुँदा धेरै रेकर्डहरू बचाउन सकिने उनको अनुमान छ ।

‘काठमाडौँपछि कास्की जिल्ला धेरै जग्गा जमिन किनेको जिल्ला हुनुपर्छ । यहाँ जति पनि डकुमेन्टहरू थिए । कास्कीका मात्रै थिएनन् । जसले यहाँ खरिद् बिक्री गर्नुभयो उहाँहरूको पनि डकुमेन्ट थियो । महानगरपालिकाकै कुरा गर्दा पनि एक लाख ४८ हजार सात सय २५ घर छ । ती सबै घरसँग सम्बन्धित सम्पूर्ण अचल सम्पत्ति भएको यो कार्यालय आज हामीसँग त्यसको कुनै पनि रेकर्ड छैन । हाम्रो सफ्टवेयरहरू हामीसँग बचेको हुँदा धेरै रेकर्ड चाहिँ बचाउन सक्छौँ होला ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ