+
Search

ताजा अपडेट +

पपुलर +

जाँचबुझ आयोगले भन्यो- फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु पर्दैन

पालिका लाइभ
२०८२ आश्विन २१, मंगलवार

काठमाडौं- भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका विषयमा गठित जाँचबुझ आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट गरेको छ ।

आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयले २०८२ असोज ९ गते जारी गरेको विज्ञप्तिमा उल्लेखित विषयमा ध्यानाकर्षण भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।’ गृह मन्त्रालयले भने विज्ञप्तिमा घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा छानबिन प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो ।

जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम गठन गरिएको आयोगले मिति असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको हो । आयोगलाई भाद्र २३ र २४ का घटनामा भएका क्षतिबारे सूचना, निवेदन ग्रहण गरी विश्लेषण गर्ने र आवश्यक राय सहित प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

आयोगका सदस्य विज्ञान राज शर्माका अनुसार आयोगले प्राप्त सूचना र निवेदनका आधारमा अध्ययन र विश्लेषणको काम अगाडि बढाइरहेको छ ।

55742483notice

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ