+
Search

ताजा अपडेट +

पपुलर +

पूँजीबजार नियामक धितो पत्र बोर्ड ३८ दिनदेखि ठप्प

पालिका लाइभ
२०८२ कार्तिक १३, बिहीबार

काठमाडौं– एक महिनाभन्दा लामो समयदेखि मुलुकको पूँजीबजार नियामक नेपाल धितो पत्र बोर्डका सबै काम ठप्प छन् ।

३८ दिनदेखि बोर्डका कर्मचारी आन्दोलनमा रहँदै काम ठप्प पारेका हुन् ।

असोज ७ गतेदेखि बोर्डका सबै काम ठप्प हुँदा पनि सरकारले समस्या समाधानमा कुनै पहल गरेको छैन ।

बोर्डमा अहिले हकप्रद सेयर, आइपिओ आवेदन, बोनस सेयर दर्तासहितका काम ठप्प छन्, बोर्डमा कहिलेबाट नियमित कार्य सुरु हुने हो, अनिश्चित छ ।

बोर्डका कर्मचारीलाई सरकारविरुद्ध मुद्दा दायर गरेर कानुनी बाटोबाट समाधान खोज्न सञ्चालक समितिले सुझाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ