+
Search

ताजा अपडेट +

पपुलर +

कामका लागि घुस मागे सिधै अर्थमन्त्रीलाई फोन वा इमेलमा भन्न सकिने

पालिका लाइभ
२०८२ आश्विन ६, सोमबार

काठमाडौं– अर्थ मन्त्रालय मातहतका कुनै निकायले घुस मागे वा समयमा नै काम नगरेको खण्डमा मन्त्रालयमा सिधै गुनासो गर्न सकिने भएको छ ।

त्यसका लागि मन्त्रालयले उपसचिव र शाखा अधिकृतलाई सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ ।

मन्त्रालयले गुनासो व्यवस्थापन सम्बन्धी जानकारी लिनका लागि यस्तो व्यवस्था गरेको जनाएको छ ।

‘अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ सिर्जना भएको अवस्थामा इमेल र हटलाइन (टोल फ्री) नम्बर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने छ ।’

यसका लागि उपसचिव निरन भट्टराई ९८५१४०५२६५ र शाखा अधिकृत पवित्रा ज्ञवाली ९८५१४०५२७५ लाई सम्पर्क व्यक्ति तोकिएको छ।

मन्त्रालयले पारदर्शिता र सेवा प्रवाहलाई सहज बनाउन यो व्यवस्था प्रभावकारी हुने विश्वास लिएको छ।

fm 41758535660

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ