काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले अध्यक्ष पद छाडेका छन्।
बुधबार काठमाडौँमा बसेको केन्द्रीय समितिमा पद त्याग्ने प्रस्ताव गरेका हुन्।
पार्टी उपाध्यक्ष मानुषीयमी भट्टराईका अनुसार उनले पद त्यागको प्रस्ताव राख्दै विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव गरेका छन्।
‘उपाध्यक्ष दुर्गा शोवको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव भएको छ,’ उनले भनिन्, ‘यसबारे थप जानकारी भोलि (बिहीबार) पत्रकार सम्मेलन गरेर दिइनेछ।’
साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ ।
आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
प्रतिक्रिया