+
Search

ताजा अपडेट +

पपुलर +

शेयर कारोबारी श्रीवास्तव पक्राउ, ११ करोड ठगी गरेको आरोप

पालिका लाइभ
२०८२ श्रावण २१, बुधबार

काठमाडौं- शेयर कारोबारी सिप्रवी सेक्युरिटी (२२ नम्बर ब्रोकर) का महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन् ।

शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको जाहेरीका आधारमा श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अग्रवालकी श्रीमती मिताले दिएको जाहेरी अनुसार श्रीवास्तवले ११ करोड ५५ लाख रूपैयाँ ठगी गरेको आरोप छ ।

मिताले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

ब्रोकरसँगको कारोबार विवादकै कारण अग्रवाल यसअघि साढे ६ करोड रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका थिए । तर, उनी काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा रिहा भएका भइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ