+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक अवराेध :

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

पालिका लाइभ
२०८२ असार ६, शुक्रबार

काठमाडौं- प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।

आज दिउँसो २ बजे सिंहदरवारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितको बैठक बस्न लागेको हो ।

बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ ।

उनीहरूबीच प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसद् बैठक सञ्चालन गर्न सहमत भइसके पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्।

यी दुई विपक्षी दल भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडानमा छन्।

माओवादी भने यो मुद्दा छाडेर सत्ता पक्षसँग मिलेको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ