+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरवारमा मेलम्चीको पानी वितरण सुरु

पालिका लाइभ
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं– सिंहदरवारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

आज एक कार्यक्रमका बीच खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे ।

मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरवारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए।

सिंहदरवारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ