+
Search

ताजा अपडेट +

पपुलर +

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

पालिका लाइभ
२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं- रसुवाबाट साढे सात किलो सुन बरामद भएको छ ।

रसुवाको गोसाइकुण्डबाट गाउँपालिका–१ बाट साढे सात किलो सुनसहित एक जना पक्राउ परेका हुुन् ।

केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे सात किलो सुन बरामद गरेको रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले जानकारी दिएका छन् ।

उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी पनि रसुवाकै हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार तस्करीको सुन बरामद गरेर अहिले यकिन तौल लिने काम भइरहेको छ । प

छिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीले कडा निगरानी बढाएपछि उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ ।

नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ