+
Search

ताजा अपडेट +

पपुलर +

वीरगन्ज महानगरको अभियान, राजस्व उठाउन घरदैलो 

पालिका लाइभ
२०८२ बैशाख १९, शुक्रबार

पर्सा– वीरगन्ज महानगरले लक्ष्यअनुसार राजस्व संकलन नभएपछि घरदैलो अभियान थालेको छ ।

चालु आर्थिक वर्षमा ७२ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ३७ करोड ३३ लाख मात्र उठेकाले  अभियान थालिएको हो ।

महानगरका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज कर्णलगायत पदाधिकारी सम्मिलित टोलीले गत आइतबारदेखि  व्यवसायीले व्यवसाय कर, घर बहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालेका हुन् ।

राजस्व महाशाखा प्रमुख कर्णले भने, ‘दैनिक १३० वटा पसलको अनुगमन गरिरहेका छौँ । औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ । हामीले  सातदिने सूचना दिएर कर तिर्न आह्वान गरेका छौँ ।’

महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिङ्करोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ