+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

पालिका लाइभ
२०८२ बैशाख १४, आईतवार

काठमाडौं– तत्कालीन काठमाडाैं नगरपालिका पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज काठमाण्डौ महानगरपालिकाले शोक बिदा दिएको छ ।

महानगरको प्रशासन विभागले सूचना निकालेर आज शोक बिदा दिएको जानकारी दिएको हो ।

पुर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रवार निधन भएको थियो ।

२००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए । पञ्चायतकालमा २०४३ सालमा भएको चुनावमा उनले प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवारी दिएर काठमाडौं नगरपालिकाका लागि उपप्रधानपञ्च विजय भएका थिए ।

उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो ।

जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगरका र मातहतका कार्यालयहरुमा शोक बिदा रहेको छ ।

स्वर्गीय डंगोलको हिजो (शनिबार) टेकुमा अत्येष्टि भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ