+
Search

ताजा अपडेट +

पपुलर +

हलगोरु पाल्ने किसानलाई महानगरको अनुदान

पालिका लाइभ
२०८२ बैशाख ४, बिहीबार

पोखरा –पोखरा महानगरपालिकाले हलगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार १० हजार अनुदान प्रदान गरेको छ ।

महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको हाे ।

पोखराको भू-बनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

गत भदौमा अनुदान सम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए ।

महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ