+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तह उपचिर्वाचनका लागि स्वर्णिमको संयोजकत्वमा समिति गठन

पालिका लाइभ
२०८१ कार्तिक ११, आईतवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू स्थगित गरेको भए पनि सांगठनिक र पार्टी गतिविधि भने सञ्चालन गर्नेछ । उपनिर्वाचनमा भाग लिने दलहरुले असोज १६ गतेसम्म दल दर्ताका लागि निवेदन दिनुपर्नेछ ।

स्थानीय तहमा अहिले ४० पद रिक्त छन् । १ नगरपालिका प्रमुख, १ नगरपालिका उपप्रमुख, २ गाउँपालिका अध्यक्ष , ४ गाउँपालिका उपाध्यक्ष, २ जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् । यसैगरी, २१ नगरपालिका वडाअध्यक्ष र ९ गाउँपालिका वडाअध्यक्षको पद पनि रिक्त छ ।

मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनु ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ