+
Search

ताजा अपडेट +

पपुलर +

‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक, लकर सुविधामा ५०% प्रतिशतसम्म छुट

पालिका लाइभ
२०८० माघ ६, शनिबार

काठमाडौं- गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ।

यो खातामा ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयर र सि-आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ।

ग्राहकले न्यूनतम १ हजार रुपैयाँमा खाता खोल्न सक्नेछन्। खातामा पहिलो बर्षका लागि मोबाइल बैंकिङ, वेभ बैंकिङ, एटीएम र सि-आस्वा नि:शुल्क हुने बैंकले जनाएको छ।

यस्तै ग्राहकले डिम्याट र मेरो सेयर खाता नि:शुल्क चलाउन पाउनेछन्। लकर सुविधामा ५० % प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ। ग्राहकले बैंकका कुनै पनि शाखामा खाता खोल्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ