+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय सभा चुनावका मतदाताको अन्तिम नामावली सार्वजनिक (सूची)

पालिका लाइभ
२०८० पुष २२, आईतवार

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार निर्वाचन आयोगले मतदाताहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्।

आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ९३ र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फ २७४ जना गरी जम्मा मतदाता ३६७ छन्।

यसअनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ४,९२९ र गाउँपालिका/नगरपालिकातर्फको मतभार ५,२०६ गरी कूल मतभार १०,१३५ हुने आयोगले जनाएको छ।

यस्तै मधेश प्रदेशमा प्रदेशसभा सदस्यतर्फ १०७ र गाउँपालिका/नगरपालिकातर्फ २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन्‌। जसअनुसार मधेशमा प्रदेशसभा सदस्यको मतभार ५६७१ र गाउँपालिका/नगरपालिकातर्फ मतभार ५०७३ गरी कूल १०७४४ मतभार हुने आयोगले उल्लेख गरेको छ।

आयोगका अनुसार, बागमतीमा प्रदेश सभा सदस्यतर्फ ११० र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ २३७ गरी कूल ३४७ जना मतदाता छन्‌। जसअनुसार बागमतीमा प्रदेश सभा सदस्यको मतभार ५,८३० र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखको मतभार ४,५०३ गरी कूल मतभार १०,३३३ कायम हुनेछ।

यसैगरी गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ६० र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ १७० गरी कूल २३० जना मतदाता छन्‌। यसअनुसार गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३,१८० र गाउँपालिका/नगरपालिकातर्फ मतभार ३,२३० गरी कूल ६,४१० मतभार कायम हुने आयोगले जनाएको छ।

आयोगका अनुसार, लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ८७ र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ २१८ गरी कूल ३०५ जना मतदाता कायम भएका छन्‌। जसअनुसार लुम्बिनीमा प्रदेशसभा सदस्यको मतभार ४६११ र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फको मतभार ४,१४२ गरी कूल ८,७५३ मतभार हुनेछ।

यसैगरी कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ४० र गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ १५६ गरी कूल मतदाताको संख्या १९६ कायम भएको आयोगले जनाएको छ। जसअनुसार कर्णालीमा प्रदेश सभा सदस्यको मतभार २,१२० र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फको मतभार २,९६४ गरी कूल ५,०८४ मतभार हुनेछ।

आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ५२ र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ १७६ जना गरी कूल २२८ जना मतदाता छन्‌। यसअनुसार सुदूरपश्चिममा प्रदेश सभा सदस्यको मतभार २७५६ र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखको मतभार ३,३४४ गरी कूल ६१०० मतभार कायम हुनेछ।

हेर्नुहोस् मतदाताको अन्तिम नामावलीको सूची

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ