+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकले गर्यो भूकम्प पीडितको सहायता लागि एक करोड सहयोग

पालिका लाइभ
२०८० कार्तिक २३, बिहीबार

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार एक कार्यक्रमकाबीच एक करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ ट्रान्सफर गरेको छ ।

भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकाे छ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकाे छ ।

कार्यक्रममा मुख्य सचिव डा. बैकुण्ठ अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललगायतकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ