+
Search

ताजा अपडेट +

पपुलर +

क्रिकेट हेर्न पत्नीसहित श्रीलंका गए रवि लामिछाने

पालिका लाइभ
२०८० भाद्र १७, आईतवार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीलंका गएका हुन्। सोमबार नेपाल र भारतबीच हुने क्रिकेट खेल हेर्न लामिछाने श्रीलंका प्रस्थान गरेका हुन्।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले पत्नी निकिता पौडेलसहित लामिछाने श्रीलंका प्रस्थान गरेको जानकारी दिए।

‘रवि दाइ निकिता दिदीसहित एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ,’ बोहराले रवि र निकिताको फोटो सामाजिक सञ्जालमा साझा गर्दै लेखेका छन्।

जारी एसिया कप क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भारतको सामना गर्न लागेको हो। पहिलो खेलमा भने नेपाल पाकिस्तानसँग पराजित भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ