+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराई र कांग्रेस नेता केसीबीच भेटवार्ता, के भयो कुराकानी ?

पालिका लाइभ
२०७९ मंसिर २८, बुधबार

काठमाडौं- नेपाली कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेट भएको छ।

टोखास्थित डा. भट्टराईको निवासमा दुई नेताहरुबीच बुधबार भेट भएको हो।

भट्टराईसँग झण्डै डेढ घण्टा लामो छलफल भएको नेता केसीको सचिवालयले पुष्टि गरेको छ। तर, छलफलको विषयबारे केही खुलाएको छैन।arjun narshing baburam bhattarai ZIPOZSpYJe

नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य केसीले मंगलबार बेलुकी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए।

उनले मंगलबार नै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेको सचिवालयले जनाएको छ।

केसीले गत आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटघाट गरेका थिए।

शीर्ष नेताहरुसँगको भेटघाटमा समसामयिक राजनीति कुराकानीसँगै बधाई साटासाट हुने गरेको नेता केसीको प्रतिक्रिया छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ