काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराउँदाको सीसीटीभी फुटेज डिलिट भएकोबारे आफूलाई थाहा नभएको बताएका छन्।
‘सीसीटीभीबारे मलाई थाहा छैन। कुन सीसीटीभीको क्षमता कति हो मलाई थाहा हुँदैन’, उनले बुधबार बसेको संसद बैठकमा समय लिएर बोल्दै भने, ‘त्यो प्राविधिक कुरा मलाई थाहा हुने कुरा भएन। कुन सीसीटीभीको कति छ मैले सोध्दै हिँड्ने कुरा भएन।’
उनले सीसीटीभीको दृश्य आफूले डिलिट गर्न नलगाएको पनि जवाफ दिएका छन्। ‘मैले डिलिट गर भन्दै हिँड्ने कुरा भएन’, उनले भने, ‘यस्तो आरोपको म सीधा खारेज गर्दछु।’
प्रतिक्रिया