+
Search

ताजा अपडेट +

पपुलर +

जसपा छाड्ने तयारीमा बाबुराम भट्टराई

पालिका लाइभ
२०७९ असार १६, बिहीबार

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथ दिएका निर्णायक नेताहरुले साथ छोडेका छन्।

वरिष्ठ नेता अशोक राई, संघीय सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव लगायत नेताहरुले भट्टराईको साथ छोडेपछि उनी पार्टीमा अल्पमत परेको एक नेताले जनाए।

मोहम्मद र प्रदीप बुधबारदेखि अध्यक्ष उपेन्द्र यादव पक्षमा खुलेका हुन्। वरिष्ठ नेता अशोकले पनि उपेन्द्रकै पक्षमा लाग्न ‘ग्रिन सिग्नल’ दिएको ती नेताले बताएका छन्।

भट्टराई संसदीय दलमा मात्रै होइन, कार्यकारिणी समितिमा पनि अल्पमतमा परेका छन्। जसपामा १९ सांसद छन् भने ३३ जना कार्यकारिणी सदस्य छन्।

बाबुरामको पक्षमा खुलेका मोहम्मद, प्रदीप अशोक लगायतका नेता र उनीहरुको पक्षमा रहेका अन्य नेताहरुले उनी बहुमतमा थिए।

नेताहरुले साथ छोडेपछि उनले पार्टीमा बहुमत गुमाउँदै पार्टी छोड्ने तयारी गरेका छन्।

आफूहरुको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन सक्ने भट्टराई पक्षको विश्लेषण छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘सायद छिट्टै केन्द्रीय सदस्यहरुको भेला बोलाइन्छ होला । नेताहरु छलफल गर्दै हुनुहुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ