+
Search

ताजा अपडेट +

पपुलर +

ऋण काढेर घिउ खुवाउने बजेटमा जोड दिन हुँदैन : बाबुराम भट्टराई

पालिका लाइभ
२०७९ जेष्ठ १८, बुधबार

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ऋण काढेर घिउ खुवाउने बजेटमा जोड दिन नहुने बताएका छन्।

उनले प्रचारमुखी भन्दा देशको कूल धन/लगानी/रोजगारी बढाउने बजेटमा जोड दिनु पर्ने बताउँदै आइतबार अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजटका केही विषय राम्रा रहेको बताएका छन्।

बुधबार टि्विट गर्दै भट्टराईले कृषिक्षेत्रको सुधार, निर्यातमूलक उद्योगलाई कर/बिजुली महसूल सुविधा, एनआरएनएलाई धितोपत्र खुला, निर्माण कम्पनीलाई विदेश खुला,विदेशीलाई अपार्टमेन्ट लगायतका विषय मन परेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ