+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईले भने- म पनि मेयरको उम्मेदवार बन्न गजबले मिल्छ

पालिका लाइभ
२०७८ चैत्र ६, आईतवार

काठमाडौं- स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौंको मेयरको उम्मेदवारबारे चर्चा चल्न चलिरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पनि उम्मेदवार हुन मिल्ने बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल टुइटरमार्फत् यस्तो बताएका हुन्।

सडक फराकिलो पार्ने बाबुराम जस्ता आँट भएका व्यक्ति नआएसम्म काठमाडौंको विकास नहुने विचार व्यक्त गर्दै एक ट्विट प्रयोगकर्ताले पोस्ट गरेका छन्।

जसका लागि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई मेयरको प्रस्ताव गर्न मिल्ला कि नमिल्ला भनेर प्रश्न गरेको सो ट्विट रिट्विट गर्दै डा भट्टराईले जवाफ दिएका हुन्।

भट्टराईले विश्वका विभिन्न देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू आफ्नो नगरको मेयर बनेका उदाहरण पनि पेस गरेका छन्। उनले फ्रान्सका पूर्वप्रधानमन्त्री इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत बताएका छन्।

निर्धारित मितिअनुसार स्थानीय तहको चुनाव हुन अब ५४ दिन बाँकी छ। काठमाडौंको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताहरूले आ–आफ्नो पार्टीभित्र लबिङ तीव्र पारेका छन्। यसबीचमा बीचमापूर्वप्रधानमन्त्रीको सो पोस्ट पनि उनी काठमाडौंको मेयरको अकाक्षि रहेको अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ