+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी कार्यकर्तामाझ देउवाले भने– तपाईं कसलाई नेता बनाउनुहुन्छ थाहा छैन, म त प्रचण्ड नै देख्छु

पालिका लाइभ
२०७८ पुष ११, आईतवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै नेतृत्वमा दोहोरिन शुभकामना दिएका छन्।

समकालीन नेताहरुमा नेकपा एमालेमा केपी ओली, कांग्रेसमा देउवा आफैं पार्टी नेतृत्वमा दोहोरिरहँदा माओवादी केन्द्रमा प्रचण्डलाई ‘नेता’ देखेका हुन्।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिँदै उनले भने, ‘ तपाईंले कसलाई नेता बनाउनुहुन्छ थाहा छैन, म त प्रचण्ड नै देख्छु। उहाँलाई पनि धेरै धेरै शुभकामना।’

एमाले र कांग्रेसपछि भएको माओवादी केन्द्रको महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड नै दोहोरिने भएका छन्।

नेतृत्वका अन्य आकांक्षीका लागि माओवादी बहुपदीय प्रणालीमा गएको छ।

माओवादी केन्द्रको अधिवेशनले यसपल्ट अध्यक्षसहित १५ जना पदाधिकारी चयन गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ