+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा फेरि १ हप्ता लम्बियो निषेधाज्ञा, पुस्तक र हार्डवेयर पसल खाेल्न पाइने

पालिका लाइभ
२०७८ जेष्ठ ३०, आईतवार

काठमाडौं- काठमाडौं उपत्यकामा थप सहज बनाउँदै एक साता निषेधाज्ञा थप गरिएको छ। आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पसल सञ्चालन गर्ने समय थप गर्दै निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो।

बिहान ९ बजेसम्म सञ्चालन हुँदै आएका खाद्यन्न पसल अब बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

त्यसैगरी अनलाइन डेलिभरी गर्न खुल्ला गरिएको छ। बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने निर्णय भएको छ। हार्डवेर पसल दिउँसो ४ बजेपछि खुल्ला गर्न पाइने प्रजिअ पराजुलीले बताए।

यस्तै मल, बीउ ढुवानीलगायत कृषिका काममा सहजीकरण गर्ने पनि निर्णय भएको छ। सवारीसाधान लगायत अन्य व्यवस्था भने अहिलेकै कायम राखिएको छ।

यसअघि थपिएको निषेधाज्ञा सोमबार राति सकिँदै छ। त्यसपछि असार ७ गते मध्यरातिसम्म नयाँ मापदण्डअनुसार निषेधाज्ञा गर्ने काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निर्णय गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ