+
Search

ताजा अपडेट +

पपुलर +

जसपा उपेन्द्र यादव पक्षले निष्काशन गर्‍यो महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेता

पालिका लाइभ
२०७८ जेष्ठ १८, मंगलवार

काठमाडौं- जनता समाजवादी पार्टीका चार जना नेताहरु पार्टीबाट निष्कासनमा परेका छन्।

पार्टीभित्रको एक धारको नेतृत्व गरिरहेका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले अर्को पक्षका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो। ठाकुर पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष हुन्। महतो वरिष्ठ नेता हुन्। अन्य दुई केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन्।

चार नेतालाई पार्टीबाट निष्कासन गरिएको जसपा कार्यालय सचिव प्रकाश अधिकारीले पुष्टि गरे। विस्तृत जानकारी विज्ञप्तिमार्फत आउने उनको भनाइ छ।

पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने र उनलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने विषयमा विवाद रहँदै आएको थियो। भट्टराई-यादव पक्षले ओलीको विरुद्धमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सक्रिय भएर लागेका थिए। ठाकुर पक्षले भने ओलीलाई नै प्रधानमन्त्रीमा सघाउँदै पार्टीको तर्फबाट भन्दै समर्थन पत्र समेत दिएको थियो। ठाकुर पक्षले सरकारमा सहभागी हुने गरी सहमति पनि गरिसकेको छ।

विवाद बढ्दै जाँदा जेठ ११ मा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए। जवाफ नआएपछि दुवै पक्षले जेठ १५ पुनः २४ गते स्पष्टीकरण सोधिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ