+
Search

ताजा अपडेट +

पपुलर +

बामदेव गौतमले ओलीलाई चुनौतीका साथ भनेः आफ्नाले नै तपाईंलाई छाड्छन्

पालिका लाइभ
२०७८ बैशाख २७, सोमबार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि बामदेव गौतमलाई फोन गरी आफ्नो पक्षमा आउन आग्रह गरे । उनले गौतमलाई माधव नेपालको लहै-लहैमा नलाग्न भने ।

माधव नेपाल समूहमा लागेका केही नेताहरुलाई पनि साथमा ल्याउन ओलीले आग्रह गरे । तर, गौतमले आफू कसैको पक्षमा नभएको तर २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काएर अगाडि बढ्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे ।

ओलीले गौतमसँगको संवादमा नेपाल समूहका केही नेताहरुले आफूलाई साथ दिन लागेको समेत दाबी गरे । जवाफमा गौतमले चुनौतीका साथ भने, ‘तपाईंका आफ्ना भनेकाले नै तपाईंलाई छाड्नेछन् । उनीहरु बोल्न मात्र नसकेका हुन् तपाईंको शैलीबाट सन्तुष्ट छैनन् ।’

गौतमले ओलीमाथि एमाले नै ध्वस्त बनाउने बाटोमा लागेको आरोप समेत लगाए । एमालेलाई एक बनाउन नवौं महाधिवेशनको म्यान्डेट कार्यान्वयनका लागि २ जेठ २०७५ को अवस्थामा ल्याउन दोहोर्याए ।

तर, ओलीले अगाडि बढिसकेकाले पछाडि नफर्कने अडान लिए । त्यसपछि गौतमले २ जेठबाहेकमा कुरै नगर्न भने । उनले माधव नेपालसँग २ जेठकै सवालमा आफ्नो कुरा मिलेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ