+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपालसहित यी २७ नेतालाई ओलीको प्रश्न– तपाईंलाई सांसद पदबाट किन नहटाउने?

पालिका लाइभ
२०७८ बैशाख ७, मंगलवार

काठमाडौं– नेकपा (एमाले) ले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेकाे हाे ।

‘माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई आज पत्र पठाइएको छ’, रिजालको भनाई छ । उनीहरुमाथि पार्टी विधि विधान उलंघन गरेको आरोप लगाइएको छ ।

नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको भन्दै उनले पठाएको पत्रमा सोधिएको छ, तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’ पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी दिइएको छ ।

नेपाल पक्षीय यी हुन् ३२ जना सांसद

१) माधवकुमार नेपाल

२) भीम रावल

३) सुरेन्द्र पाण्डे

४) घनश्याम भुसाल

५) पवित्रा निरौला

६) झपट रावल

७) मेटमणि चौधरी

८) यज्ञराज सुनुवार

९) जीवनराम श्रेष्ठ

१०) झलनाथ खनाल

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दिपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द नेउपाने

२७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः
१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ