+
Search

ताजा अपडेट +

पपुलर +

सर्वदलीय बैठकमा मुख्य तीन एजेण्डामा छलफल, एमसीसीको कुरा जोडतोडले उठ्यो

पालिका लाइभ
२०७८ बैशाख ४, शनिबार

काठमाडौं- प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकका विभिन्न ३ एजेण्डामा छलफल भएको छ ।

बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने, संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको बताए ।

साथै बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको ज्ञवालीले बताए । बैठकमा एमसीसी प्रतिनिधिसभामा सभामुखले अड्काउने काम गरेको भन्दै त्यसबारे पनि जोडतोडले छलफल भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ