+
Search

ताजा अपडेट +

पपुलर +

लाप्राकीलाई झुक्काउँदै ‘एनआरएनए’, बस्ती हस्तान्तरण गर्ने म्याद सरेको सरै

पालिका लाइभ
२०७७ फाल्गुन २०, बिहीबार

 गोरखा– २०७६ कार्तिक ९ गते गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधीन ’एकीकृत नमुना बस्ती’को काम दुई महिनाभित्र सकेर हस्तान्तरणको तयारी भइरहेको बताएका थिए।

तर, बस्तिको काम अझै सकिएको छैन् । अध्यक्ष पन्तको भनाइलाई आधार मान्दा बर्षदिन अघि बस्ती हस्तान्तरण गर्नुपर्नेमा आजसम्म बस्ती हस्तान्तरणाको टुङ्गो लागेको छैन । यद्यपी बैशाख १२, २०७८ मा बस्ती हस्तान्तरण गर्ने बताएपनि स्थानीय अ‌ाशावादी छैनन् ।

15201 NRN laprak

तर, अलपत्र बस्ति हेर्न एनआरएनएको जम्बो टोली हेलिकप्टर चार्टरगरि लाप्रक बस्ति पुगेको छ। लाप्राकका ५७३ भूकम्पपीडितका लागी एनआरएनएले गुप्सीपाखामा वस्ती निर्माण गरिरहेको छ । करिव १८.३ हेक्टर क्षेत्रफलको सार्वजनिक जग्गामा वस्ती निर्माण भइरहेको हो ।
२०७२ साल बैशाख १२ मा जिल्लाको बारपाक केन्द्रबविन्दु भएर गएको विनाशकारी भूकम्प गएको ५ वर्ष वितेको सकेको छ । जिल्लामा भूकम्पले ध्वस्त भएका वस्तीहरु पुननिर्माण हुने क्रम जारी छ ।

152ddd01 NRN laprak

भूकम्पसँगै पहिरोले चिराचिरा परेको लाप्राकको पुरानो बस्ती रहेको गाउँ छियाछिया बन्यो। स्थानीय त्रसित भए। त्यसपछि सिंगो गाउँ नै लाप्राकभन्दा २ किलोमिटर माथि गुप्सिपाखामा सार्ने तयारी भयो। भूकम्पपछि स्थानीय उक्त सार्वजनिक जग्गामा अस्थायी टहरा हालेर बस्न बाध्य भए।

यसरी विचलित भएकाहरुलाई एनआरएनएले गुप्सिपाखाकै उक्त ठाउँमा सबै लाप्राकीलाई घर बनाइदिने घोषणा ग¥यो। २०७३ असोज २१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त बस्तीको शिलान्यास गरे। १२ महिनामा उक्त बस्ती निर्माण सक्ने लक्ष्य राखियो। त्यसपछि लाप्राकी पुरानै बसोबास थलोमा फर्किए। नयाँ घर एनआरएनले छिट्टै बनाइदेला भन्ने उनीहरुको अपेक्षा थियो।

तर भूकम्पको पाचौं वर्ष पूरा हुँदासम्म लाप्राकीले घर पाएका छैनन्। घर नै तयार गरेर एनआरएनले दिने सम्झौता भएपछि घर कुरेर लाप्राकी बसिरहेका छन्। स्थानीयले पुनर्निर्माण छिटो सिध्याउन सघाइरहेका छन्। नेपाली सेनासँगै स्थानीय पनि आफ्नो घरको रङरोगन, ट्रस्ट राख्ने, साना तिना काम सिध्याउने तरखरमा तल्लीन छन्।

58766175 855546 laprak

तर, स्थानिय भने अहिले पुरानो थाकथलोमा नै बसोबास गर्दै आएका छन् । एनआरएनले बनाउदै गरेको घरहरूमा सिङ्गो परिवार बस्ने नमिल्ने भन्दै उनीहरू पहिरो र भुकम्पले चिरेको पुरानो गाउमा नै बस्दै आएका छन् ।

एनआरएनको जम्बो टोली लाप्राकमा

एनआरएनको जम्बो टोली अध्यक्ष पन्तको नेतृत्वमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिवसहतिको टोली निर्माणाधिन लाप्राक नमूना बस्तीको निरीक्षण भ्रमण गर्यो । उनीहरु कठमाडौंबाट हेलिकप्टर चार्टर गरि गएका हुन् ।

लााभग्राहिका तर्फबाट बडाका अध्यक्ष राज गुरुङ्गले अब बस्ती निमार्ण छिटो सम्पन्न हुनेमा लाभग्राहिहरु विश्वस्त भएका र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । परियोजनाका सहसंयोजक श्याम तामाङ्गले बस्ति निर्माण सम्बन्धि भएका प्रगतिहरुबारे जानकारी गराउंदै बांकी काम एक महिना भित्र सहजै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे ।

58873522 laprak

संघका उपाध्यक्ष तथा परियोजना संयोजक लामाले लाभग्राहिहरुकै अनुरोधमा संघले आफ्नो घर आफैं वनाउ अभियान अन्तर्गत लाभग्राहिहरुलाई थप आयआर्जनको अवसर प्रदान गर्न सहमतिको दररेटमा कामको जिम्मा दिईएको भएता पनि काम सम्पन्न हुन ढिलाई भएको बताए ।

प्राधिकरणका सचिव मणिराम गेलालले विभिन्न कठिनाईका बावजुत पनि यस्तो सुन्दर बस्ति निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वधार बिकासको लागि प्रति लाभग्राहि प्राप्त हुने ४ लाख अनुदान दिन प्राधिकरण कटिवद्ध रहेको र त्यस मध्ये एक करोड ४५ लाखको लागतमा बस्तिको दक्षिण तर्फको रिटेनिङ्ग वाल र नाला निर्माण गरिसकेको बताए ।

Snow covered shelters of April May quake survivors in Laprak of Gorkha

संघका अध्यक्ष पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भएकोले यसप्रति संधै संघको लगाव रहने र भविष्यमा पनि यस बस्तिमा गैरआवासीय नेपालीहरुको आगमन निरन्तर रहेने बताए ।

उनले लाभग्राहिरुलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत संघले प्राधिकरणलाई घचघचाई रहेको जानकारी गराउंदै १२ वैशाख २०७८ मा अधिकारिक रुपमा बस्ति हस्तान्तरण गर्ने कार्यक्रम तय भएकोले सो समय भित्रै बस्ति निर्माणका अन्तिम कामहरु सम्पन्न गर्न लाभग्राहिहरुलाई बताए । तर, स्थानीयहरु अझैपनि वस्ती हस्तान्तरणमा ढिलाई हुने हो कि भनि चिन्ता व्यत्त गरिरहेका छन् ।

सम्बन्धित समाचार

लाप्राक बस्तीका बासिन्दालाई एनआरएनले किन झुक्यायो ?

लाप्राक वस्ती पुनर्निर्माण सकिएको एनआरएनएको घोषणा

भूकम्पले ध्वस्त लाप्राक : यसरी हुदैछ पुर्ननिर्माण !

लाप्राकको नमुनाबस्तीमा एनआरएनएले फेरी भाका सार्याे, चौतर्फी विराेध भएपछि शौचालय निर्माणको काम शुरु

गोरखा भूकम्पका ४ वर्ष : नयाँ घर छिर्ने लाप्राकीको सपना कहिले पूरा होला?

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ