+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोट गाउँपालिकालाई सात सामाजिक संस्थाले दिए यस्ता सुझाव

पालिका लाइभ
२०७७ असार १, सोमबार

गोरखा– अजिरकोट गाउँपालिकामा कार्यरत सात सामाजिक संस्थाले गाउँपालिकालाई सुझाव दिएका छन् ।

गाउँपालिकाले सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रम एव आयव्यय प्रस्तुतका सम्बन्धमा ती संस्थाहरूले सुझाव दिएका हुन् ।

मेड नेपाल, साहस नेपाल, फेज नेपाल, आवास पुनर्निर्माण परियोजना, नमस्ते किड्स लगायतका संस्थाले हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सिर्जित संकटको घडीमा आउन लागेको नीति तथा कार्यक्रममा सुझाव दिएका हुन् ।

स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्‍याउनु, शिक्षा, रोजगारी तथा सामाजिक सुरक्षाको दायरा बढाउनु, कृषि क्षेत्रको प्रवर्द्धन र विकासमा तथा जैविक उत्पादनमा जोड दिनु, खाद्य सुरक्षा मार्फत भोकमरीको अन्त्य गर्नु, सबै नागरिकको स्वतन्त्रता पूर्वक बाच्न पाउने हकको सुनिश्चित गर्नु लगायतका छन् ।

जसलाई आगामी वर्षको बजेटमा प्राथमिकता दिएमा समाजको हितमा हुने कुरा प्रस्तुत सुझावमा उल्लेख छ ।

वास्तवमा विभिन्न सामाजिक संघ संस्थाहरू समाजको हितको लागि मुनाफा नलिने उद्देश्यले स्थापित स्वयंसेवी संघ संस्था हुन् तर पछिल्लो समयमा गैरसरकारी संघ संस्थाहरूका क्रियाकलाप पनि आलोचित नबनेका भने होइनन् ।

यद्यपि यस्ता सामाजिक संघ संस्थाहरूले स्थानीय स्तरमा सञ्चालित विकास कार्यक्रमहरूमा स्वास्थ्य तथा जनसङ्ख्याका पक्षहरू आबद्ध गर्न, जनताको पहुँचमा कार्यक्रम पुर्‍याउन, योजना निर्माण तथा व्यवस्थापनमा जनसहभागिता जुटाउन मेरुदण्डकै रूपमा कार्य गरिरहेका छन् ।

विकेन्द्रीकरणको भावना अनुसार जनताको घर दैलोमा कार्यक्रम पुर्‍याउने संस्थाको रूपमा पनि यस्ता संस्थाहरूलाई लिन सकिन्छ ।

गैससहरूले आफ्नो क्षमता अनुसारको जनसङ्ख्या व्यवस्थापन गर्न, विकास निर्माण कार्यमा अपनत्व जगाउन, विकासको प्रतिफल समान रूपले सबै क्षेत्रका जनताको पहुँचमा पुर्‍याउन, नागरिकलाई सशक्तीकरण गर्न, मानवअधिकारको प्रत्याभूति दिलाउन, विभिन्न प्रकारका विबेधहरु अन्त्य गर्न, सबै वर्गमा जनजागरण ल्याउने जस्ता कार्यमा मध्यस्थता गर्न वा दबाब समूहको रूपमा कार्य गर्ने गरेको पाइन्छ।

अजिरकोटमा कार्यरत विभिन्न सामाजिक संस्थाहरू समूह निर्माण गरी घर दैलो पहुँच एवं घुम्ती शिविर जस्ता कार्यक्रमको माध्यमबाट जनतामा पुग्ने गरेको सर्वविदितै छ ।

साथै उनीहरू एक वा त्यो भन्दा बढी उद्देश्यहरू राखेर संगठित भएका सामाजिक कार्यकर्ताहरू विकास व्यवसायीहरू परोपकार कार्यकर्ताहरू, मानवअधिकार कार्यकर्ताहरू, वातावरण कार्यकर्ताहरूका संस्थाहरू हुन् वा सरकारको सहयोगी अंग पनि हुन् भन्ने कुरालाई अजिरकोट गाउँपालिकाले पनि स्मरण गरोस् ।

यस क्रममा समाजमा देखिएका सामाजिक समस्याहरू, दैवी प्रकोप, भोकमरी, स्वास्थ्य, शिक्षा आदि समस्याको समाधान गर्ने मानव सेवा गर्ने उद्देश्यले प्रेरित संस्थाहरू यस अन्तर्गत पर्दछन् तथा यिनीहरू सरकारका सहायक अंग हुन् भन्ने पनि भुल्न हुँदैन । साथै कार्यरत संघ संस्थाहरू र सरोकारवाला सबै पक्षमा राजनीतिक प्रतिशोधको अवशेष रहनु हुँदैन ।

विगतदेखि नै यी संस्थाहरूले समाजका पिछडिएका, अशक्त, महिला तथा असहाय वर्गको हितलाई केन्द्रित गरेर आफ्ना क्रियाकलापहरू सञ्चालन गरेका दलित, गरिब तथा विपन्नहरूको आय आर्जन वृद्धि तथा अन्य सामाजिक एवम् भौतिक विकासका सवालमा सामाजिक संघ संस्थाको भूमिकालाई कम आकलन नगरी कार्य गर्ने सहज वातावरण निर्माण गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ