गाेरखा- जिल्ला प्रशासन कार्यालय गोरखाले तिब्बत सीमाको गोरखाको दुवै नाकामा कडाइ गर्न निर्देशन गरेको छ ।
कोभिड– १९ (कोरोना भाइरस) नभित्रियोस् भन्ने उद्देश्यले चुमनुब्री गाउँपालिका १ स्थित रुइला नाका र चुमनुब्री ७ को ङुइला (मुलाढा ज्यान) नाकामा आवतजावत गर्न निषेध गर्न सम्बन्धित क्षेत्रका प्रहरी इकाइलाई सोमबार निर्देशन गरेको हाे ।
‘गाउँपालिका र वडा कार्यालयसंग समन्वय गरी रुइला र ङुइला नाकाबाट मान्छे र याकचौरी, झोपा, घोडा, खच्चड लगायतका पशुचौपाया आवतजावत गर्न निषेध गर्न प्रहरी चौकीहरुलाई आजै पत्राचार गरेका छौं’, गाेरखाका प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘दुवै नाका वैधानिक नाका त होइनन्, तैपनि यदाकदा आवतजावत हुने हुनाले हामीले हाम्रै संयन्त्र प्रयोग गरी बन्द गरेका हौं ।’ रुइला नाका तिब्बती अधिकारीको निर्णयमा बर्षमा एकपटक मात्र खुल्ने गर्छ भने ङुइला नाका बाह्रै महिना खुल्ला रहन्छ ।
प्रतिक्रिया