+
Search

ताजा अपडेट +

पपुलर +

प्रभावशाली नेता राजेन्द्र पराजुलिको पहलमा सयौं नेता तथा कार्यकर्या समाजबादीमा प्रवेश (नामावली सहित)

पालिका लाइभ
२०७६ श्रावण १२, आईतवार

काठमाडाैैंं– वैकल्पिक शक्ति समाजबादी पार्टी मात्र हुन सक्ने निष्कर्ष निकाल्दै नेपाली काङ्ग्रेस नेकपा परित्याग गरि सयौ नेता कार्यकर्ता समाजबादी पार्टीमा प्रवेश गरेका छन ।

received 370466243641588

काठमाडौको सामाखुसीमा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजेन्द्र खनाल , पबित्रा पौड्याल, नेत्र खनाल चिज कुमार श्रेष्ठ , बिनोद पोखरेल गोकर्ण पोखरेल लगायतको (गोरखा, नुवाकोट, काठमाडौ र रामेछाप) समुहलाई खादा लगाएर पार्टी प्रवेश गराएका हुन ।

आफुलाई आर्थिक प्रलोभनमा पारी नेकपाले पार्टी प्रवेश गराएका नेपाल होचा पुड्का महासंघका अध्यक्ष निर्मल मगरातीले आफू कहिले बाबुराम भट्टराईलाई छाड्न नसक्ने बताउदै पुन समाजबादी पार्टीमा आबद्द भएको जानकारी गराए ।

आफ्नो अनुभूति मन्तव्य राख्दै खनालले अन्य पार्टी आकारमा ठूलो देखिए पनि समृद्ध नेपाल बनाउन भिजन नभएको त्यो क्षमता डा भट्टराईमा मात्र भएको र उहाको जीवन शैली कार्यशैली कार्यदिशा र भिजन प्रष्ट भएको कारण यो पार्टीमा आएको प्रष्ट पारे ।

आफू कुनै पदिय लोभ लालचमा नभै आफ्नो क्षमताबाट यो पार्टीलाई सहयोग गर्न आएको र अन्य भ्रममा नपर्न आग्रह गरे ।

सो कार्यक्रममा बोल्दै पौड्यालले देश बदल्न आफैबाट शुरु गर्नुपर्छ भन्दै डा भट्टराई सबै त्यागेर देश बदन्न हिडेकाले उनलाइ साथ दिन आफू पनि यो पार्टीमा समाहित भएको जानकारी गराए ।

नवप्रबेशीहरुलाई स्वागत गर्दै समाजबादी पार्टीका अध्यक्ष डा भट्टराईले अहिले देशको आवश्यकता भनेको समाजवाद रहेको, बिध्यमान नेपाली काङ्ग्रेस र नेकपा बाट त्यो सम्भव नरहेकोले सबैलाई समाजबादी पार्टिमा गोलबन्द हुन आग्रह गरे ।

received 406205273351678 received 486708842101666

received 644199582759504 received 2418957641505011

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ