गोरखा- गायक अर्जुन बुढाको आवाजमा सेक्सी जवानी पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बबाल रावलको लय संगीत र्याप भरेका छन् भने म्युजिक भिडियोलाई दीपक भण्डारीले निर्देशन गरेका हुन् ।
पछिल्लो समय जिल्ला जिल्लामा हुने मेला महोत्सवमा व्यस्त आइटम नृत्यबाट सबैको मन जितेकी चर्चित मोडल सबिता राईलाई भिडियोमा निक्कै बोल्ड र सेक्सकी लुक्समा प्रस्तुत गरिएको छ। मोडल राईलाई साथ दिएका छन् अर्का कलाकार टेकेन्द्र र रुपेशले ।
महेश महराले छायांकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।
युवा युवतीको रोजाइमा पर्न सफल बन्दै गएको छ म्युजिक भिडियो पछिल्लो समय ।
प्रतिक्रिया