+
Search

ताजा अपडेट +

पपुलर +

सर्वसाधारणलाई करको मारमा पर्न दिँदैनः अर्थमन्त्री खतिवडा

पालिका लाइभ
२०७५ श्रावण २९, मंगलवार

काठमाडाैँ– अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारणलाई करको मारमा पर्न नदिन सरकार सचेत रहेको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले स्थानीय, प्रदेश र संघीय सरकारबीच देखिएको करसम्बन्धी विवाद छिट्टै समाधान गर्ने आश्वासन पनि दिए । उनले कतिपय स्थानीय सरकारले नबुझेर करसम्बन्धी निर्णय लिएको उल्लेख गर्दै त्यसमा सुधार गर्न सरकारले आन्तरिक छलफललाई अघि बढाएको पनि स्पष्ट पारे ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले संविधानले व्यवस्था गरे अनुसार कर कार्यान्वयनमा ल्याएको पनि स्पष्टिकरण दिए । उनले संविधानमा व्यवस्था भए बमोजिम कर असुली गर्ने विषयमा कुनै समस्या नरहेको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा कम गर्न सरकारले कृषि, उर्जा र निर्माण सामग्रीको उत्पादनमा वृद्धि हुने गरी योजना अघि सारेको स्पष्ट पारे । उनले आयात प्रतिस्थापन नगरी मुलुकको व्यापार घाटालाई कम गर्न नसकिने भएकाले सरकारले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएको स्मरण गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ