गोरखा– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कली लास (पुत्ता) बनाइ बिर्सन गरेका छन् ।
गोरखाको आख्रेतका स्थानीय युवाहरूको सक्रियमा आयोजना गरिएको कार्यक्रममा स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेवी, राजनीतिज्ञ, विद्यार्थी, मजदुर र युवाको सक्रिय सहभागिता रहेको थियो ।
भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा उत्रिएका आर्खेतवासीले भारतीय प्रधानमन्त्री मोदीको नक्कली लास बनाइ घारोमा हालेर शङ्ख फुक्दै करिब एक घण्टा विरोध प्रदर्शन गरी लासलाई लिएर राँके जुलुस लगाएका थिए ।
आर्खेतको नयाँ बजारबाट निकालिएको राँके जुलुस गण्डकी उच्च मा।वि हुँदै पुल्चोक पुगेका थिए।पुल्चोक लगेको मोदीको लासलाई केही समयमा नै आर्खेतको बसपार्क चोकमा आई कोणसभामा परिणत भएको थियो।मोदीको लासलाई श्रद्धाञ्जली दिँदै करिब आधा घण्टा चर्को नाराबाजी गरेका थिए।
भारतको विरोधमा थुप्रै पोस्टरहरू लिएर करिब ३०० जनाले उक्त कार्यक्रममा सहभागी जनाएका थिए । उक्त्त जुलुसलाई स्थानीय प्रहरी चौकी आर्खेतले विशेष सुरक्षा प्रदान गरेको थियो ।
उक्त्त कार्यक्रम स्थानीय सरोज भट्ट र उद्धव लामिछानेले संयुक्त रूपमा सञ्चालन गरेका थिए । कार्यक्रमको पृष्ठभूमि र उद्देश्यबारे स्थानीय गण्डकी उच्च मा। बि का शिक्षक ध्रुव कुमार दाहालले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया