गोरखा– जिल्ला विकास समिति गोरखाको आयोजनामा वैशाख १२ को भूकम्प पश्चात् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूको कार्यशाला गोष्ठी पोखरामा सुरु भएको छ ।
गोरखामा भूकम्प पश्चात् गैह्र सरकारी संघ संंस्थाहरुबाट हालसम्म गरेका कार्य प्रगतिहरू र भावी दिनहरूमा कार्यान्वयन गरिने पुनर्निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी आजबाट पोखरामा सुरु भएको छ ।
गोष्ठीमा गोरखा भूकम्प पश्चात् जिल्लाका भूकम्प पीडितहरूको खोज, उद्धार, राहत वितरण तथा व्यवस्थापन, पुनर्स्थापना एवं पुनर्निर्माण र कार्ययोजना विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले गरेका कामको समीक्षा पनि यस गोष्ठीले गरेको छ ।
गोरखामा क्रियाशील संघ संस्थाहरूबाट हालसम्म भएका कार्ययोजना र भावी दिनहरूमा पुनर्निर्माण सम्बन्धी गर्ने कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सरकारी कार्यालय र राजनैतिक दलहरू बिच छलफल भई रहेको छ ।
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेना, गोरखा क्षेत्र नं. ३ का प्रत्यक्ष निर्वाचित सभासद् छम बहादुर तमु, कास्की जिल्लका प्रमुख जिल्ला अधिकारी कृष्ण रावल, नेपाली कांग्रेस गोरखाका सभापति हरि घले, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ, नेकपा माओवादीका केन्द्रीय सदस्य तथा तमुवान इन्चार्ज अमर तमु, नेकपा माओवादीका केन्द्रीय सदस्य परशुराम रम्तेल, राप्रपा नेपाल गोरखाका उपाध्यक्ष शंकर अधिकारी, संघिय समाजवादी पार्टी गोरखाका अध्यक्ष शुकदेव तामाङ, नेपाल परिवार दल गोरखाका अध्यक्ष कृष्णगोपाल वन्जरा लगायत जिल्लामा क्रियाशील पत्रकारहरू लगायत सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको सहभागिता रहेको थियो ।
बिचार गोष्ठीमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले गोरखाको पुनः निर्माणको बारेमा भएको गोष्ठीले १४ जिल्लालाई एक किसिमको नयाँ कुरा सिकाउनु पर्ने पनि बताएका छन् । बोल्ने अधिकांश सरकारी तथा गैर सरकारी संस्थाहरूले अब गोरखाको पुनः निर्माणमा एउटा महत्त्वपूर्ण निर्णय निकाल्ने स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जानकारी दिए ।
प्रतिक्रिया