+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेमाथि छानबिन माग गर्दै संसद सचिवालय र राज्य व्यवस्था समितिमा निवेदन

पालिका लाइभ
२०८० माघ ९, मंगलवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध संघीय संसदको सचिवालयमा निवेदन परेको छ। सहकारीको रकम अनियमितता गरेको भन्दै लामिछानेका विषयमा संसदले छानबिन गर्नुपर्ने माग निवेदनमा गरिएको छ।

संसद सचिवालयका साथै प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा पनि लामिछानेविरुद्ध युवराज सफलको निवेदन परेको हो।

‘५२ करोड घोटाला प्रकरणमा निज लामिछानेको संलग्नता के कसरी भएको हो? छानबिन गरी दोषीलाई कारवाहीका गर्न आवश्यक पर्ने भएकाले लामिछानेका सवालमा राज्यव्यवस्था समितिमा आवश्यक छलफल गराई दोषीलाई कारवाहीका लागि निवेदन पेस गरेको छु,’ लामिछाने विरुद्धको निवेदनमा भनिएको छ।

आफूविरुद्ध बारम्बार सहकारीको पैसा अपचलन गरेको आरोपसहित समाचार सञ्चारमाध्यममा आएपछि लामिछानेले सोमबार पत्रकार सम्मेलन गर्दै आरोप पुष्टि गर्न चुनौती दिएका थिए। उनले सहकारीको पैसा आफ्नो खातामा नआइ चेक बाउन्स भएको दाबी गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ