+
Search

ताजा अपडेट +

पपुलर +

सन्दीपबारे सांसद सुमनाको प्रश्न : बलात्कार आरोपीले राष्ट्रको प्रतिनिधित्व कसरी गर्छ?

पालिका लाइभ
२०७९ फाल्गुन ३, बुधबार

काठमाडौँ– त्रिकोणात्मक सिरिज खेलिरहेका क्रिकेटर सन्दीप लामिछानेबारे बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले बलात्कार मुद्दा खेपिरहेका लामिछानेलाई क्रिकेट विश्वकप लिग २ मा सहभागी गराएर खेलाएकोमा प्रश्न उठाएकी हुन्।

‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो?,’बैठकको शून्य समयमा बोल्दै उनले प्रश्न गरिन्, ‘बलात्कार आरोप लागेको व्यक्तिले राष्ट्रको प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला? यसतर्फ कसैले ख्याल गरेको देखिएन।’

सांसद श्रेष्ठले सन्दीपलाई राष्ट्रिय टिममा सहभागी गराइँदा पीडित भनिएकीलाई अझै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम रहेको तर्क गरिन्।

श्रेष्ठले न्यायापालिकाको काम चुस्त, दुरुस्त र पारदर्शी नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजित भइरहेको उदाहरण पनि पेश गरिन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ