+
Search

ताजा अपडेट +

पपुलर +

ढल्याे एमाले नेतृत्वकाे सुदूरपश्चिम प्रदेश सरकार, अब कांग्रेसकाे नेतृत्वमा सरकार बन्ने

पालिका लाइभ
२०७९ माघ २६, बिहीबार

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाकाे बहुमतले अस्वीकृत गरेको हो ।

मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन्। नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन काठमाडौंबाट धनगढी नआएपछि उनी पदमुक्त्त भएका हुन्।

रावलले माघ २५ गते दिउँसो १ बजे विश्वासको मत लिने भनेर सभामुखलाई संसद बैठक बोलाउन पत्राचार गरेका थिए।

गत पुस २७ गते बेलुका ५ बजे एमालेका संसदीय दलका नेता रावल माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सहित २९ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनले पुस २८ गते मुख्यमन्त्रीको सपथ लिएका थिए।

रावल नेतृत्वको सरकार ढलेसँगै अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने ढोका खुलेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ