+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेलाई गृहमन्त्री नदिए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीकाे चेतावनी

पालिका लाइभ
२०७९ माघ १५, आईतवार

काठमाडौं- रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीले चेतावनी दिएको छ।

सर्वोच्च अदालतको आदेशपछि आइतबार पुन नेपाली नागरिकता प्राप्त गरेका लामिछानेलाई पार्टी सदस्यतादेखि फेरी सभापतिको जिम्मेवारी सुम्पिएको स्वतन्त्र पार्टीले गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको हो।

गृह मन्त्रीमा पुन लामिछाने नै जाने या अरूलाई पठाउने भन्ने निर्णय गर्ने जिम्मेवारी समेत लामिछानेलाई नै दिएको स्वतन्त्र पार्टीले जनाएको छ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले जिम्मेवारी बाँडफाँडको क्रममा गृह मन्त्रालय पाएको थियो,त्यो जिम्मेवारीमा हामीलाई परेको समस्या हो, अरू दललाई परेको समस्या होइन,सहयात्री दलबिच खटपट परेको विषय पनि होइन’ पार्टीको बैठकपछि प्रवक्ता मुकुल ढकालले भने,‘यो हामीलाई परेको समस्या भएकाले त्यसमा पुन दाबी गर्नु पर्ने छैन, त्यो स्वतह हामीले पाउनु पर्ने कुरा हो।’

उनले स्वतन्त्र पार्टीबाटै गृहमन्त्री हुनुपर्ने बताए। ‘त्यसमा पार्टीले को व्यक्तिलाई पठाउँछ भन्ने कुरा पार्टीको जिम्मेवारी हो,’उनले भने,‘जुन कुरा हामी टुङ्गिएपछि निर्णय गर्छौ।’

नेपालको संविधानको धारा ७८ मा सङ्घीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री बन्न पाउने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार लामिछानेलाई नै उपप्रधान तथा गृह मन्त्रीमा फर्काउने स्वतन्त्र पार्टीले तयारी गरे पनि निर्णय भने गरेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ