+
Search

ताजा अपडेट +

पपुलर +

श्रममन्त्री मेनपावर कम्पनीमा संलग्न भएको खबर दिनुस्, मै कारबाही गर्छु: गृहमन्त्री लामिछाने

पालिका लाइभ
२०७९ माघ ५, बिहीबार

काठमाडाैं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल कुनै मेनपावर कम्पनीमा रहेको जानकारी पाए उनलाई कारबाही गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले श्रममन्त्री कुनै मेनपावर कम्पनीमा संलग्न रहेको जानकारी दिएमा कारबाही गर्ने बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले कहाँ संलग्न भएको हो भनेर देखाउन भनेका थिए।

‘उहाँ कुन मेनपावरमा हुनुहुँदो रहेछ। संलग्नता भएको कागजपत्रहरू होला। रजिस्टर गरिएको होला। शेयरधनी लागत होला त्यति त मलाई भनिदिनुभएको भए थाहा हुन्थ्यो,’ उनले भने, ‘उहाँले स्पस्टीकरण समेत दिइसक्नुभयो। कहीँ न कहीँ त दर्ता होला। त्यस्तो मैले देखेको छैन। देख्नुभएको छ भने मलाई खबर गर्नुस् न। सबैभन्दा पहिला कारबाही मै गर्छु।’

स्वतन्त्र पार्टीले स्वार्थ बाँझिने मन्त्रालयमा मन्त्री बनाएको भन्दै आलोचना भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ