+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमै बसेको भए दश भाइजस्तै हरिबिजोग हुने रहेछ : माधव नेपाल

पालिका लाइभ
२०७९ भाद्र ४, शनिबार

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताएका छन् ।

शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा दश बुँदे सहमति गरेर बस्ने नेताहरुको हरिबिजोग रहेको बताए ।

‘एमालेमै बसेको भए यतिखेर दश भाइ जस्तै हरिबिजोग हुने रहेछ’, अध्यक्ष नेपालले भने । तर एकीकृत समाजवादी बनाएर अगाडि बढ्ने चट्टानी अडान लिएको उनले बताए ।

‘अहिले हामी राष्ट्रिय शक्ति बनेका छौं, ६ हजार ७४३ वडामा हामी छौं’, अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उनले चेतावनी दिए ।

‘जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ । त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नुहोला । गर्नुहुन्छ भने कुरा बिग्रन्छ म क्लियर गर्न चाहन्छु’ उनले भने, ‘त्यस्ता कुराहरुमा लाग्न जरुरी पनि छैन । बरु खण्डन गर्ने, सिधै मुखभरिको जवाफ दिने ।’

अध्यक्ष नेपालले विचार मिल्ने वामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव अगाडि बढाइरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ