+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली उत्पादन तथा उपयोग प्रर्वद्धन कार्यक्रमका लागि ३ अर्ब ४५ करोड

पालिका लाइभ
२०७९ जेष्ठ १५, आईतवार

काठमाडौं– सरकारले प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन  शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा उत्पादनमा वृद्धि, मुलुकको विकास र सम्वृद्धि अभियान दशक घोषणा गरिएको छ ।

यसअनुसार नेपाली उत्पादनको वृद्धि, रोजगारी सृजना र व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम घोषणा गरिएको छ । यो कार्यक्रमका लागि ३ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ । उद्योग सञ्चालनका लागि मेसिनरी तथा कच्चा पदार्थ ल्याउँदा अनुदान दिइने समेत बजेटमा उल्लेख छ ।

वैदेशकि रोजगारीबट फर्किएकालाई कर्जा उपलब्ध गराउन ‘च्यालेन्ज फन्ड’ बनाउने घोषणा पनि भएको छ ।

#LIVE

https://www.facebook.com/gorkhasandeshnp/videos/266694502306304

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ