+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम र नारायणकाजी एकै मञ्चमा, मागे सिर्जना सिंहलाई भोट

पालिका लाइभ
२०७९ बैशाख २२, बिहीबार

काठमाडौं– सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार रहेकी सिर्जना सिंह जिताउन बिहीबार गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका शीर्ष नेताहरूले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन्।

गोरखा–काठमाडौं चुनाव प्रचारप्रसार समूहले आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेता कमला पन्त, चिरञ्जीवी वाग्ले लगायते सिंहलाई जिताउन अपिल समेत गरेका छन्।

जसपा नेता भट्टराईले कोही परिवारसँग जोडियो भने महिलालाई आरोप लगाउने गरेको बताउँदै सिंह आफ्नै बलबुतामा उभिएको नेता भएको बताए ।

प्रमुखमै एमालेले अगाडि सारेका केशव स्थापित ‘डेट एक्सपाएर ओखती’ भएको टिप्पणी उनले गरे । सिंहको जित निश्चित भएको भन्दै भट्टराईले भने, ‘सिंहले अगाडि सारेको घोषणापत्र व्यवहारिक छ। उहाँले जितेपछि सबैलाई समेटेर राम्रो महानगर बनाउने अभियानको नेतृत्व गर्नुहुन्छ।’

माओवादी केन्द्रका नेता श्रेष्ठले काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चित भएको बताउँदै सिंहलाई गणेशमान सिंहको परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मिथ्या भएको बताए ।

‘मैले नेपाली कांग्रेसबाट गोरखाबाटै राजनीति सुरु गरेको हो,’ उलने भने, ‘सोही समयमा सिर्जना सिंह कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ