+
Search

ताजा अपडेट +

पपुलर +

बुटवल पुगेर बाबुरामले भने- ०७४ को मतका आधारमा सिट बाँडफाँट अमान्य

पालिका लाइभ
२०७८ चैत्र २१, सोमबार

बुटवल- जनता समाजवादी पार्टी (जुपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच २०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट मान्य नहुने बताएका छन् ।

रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो पार्टी २०७८ सालमा बनेकाले २०७४ सालको मतका आधारमा हुने बाँडफाँट स्वीकार्य नहुने बताएका हुन् ।

‘संविधान र व्यवस्था बचाउन गठबन्धन गरेका हौं, सम्मानजनक सिट दिए मानिन्छ, बेइमानी, हेप्ने र चेप्ने काम भयो भने विकल्प सोच्छौं,’ भट्टराईले भने, ‘हाम्रो पार्टी देशलाई विकल्प दिने गरी भर्खरै बनेको भविष्यमुखी पार्टी हो, २०७४ सालको मतको कुरा स्वीकार्य हुन्न ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ