पोखरा- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डको निर्देशनमा गोरखाका सिडियो बलदेब गौतमको सरुवा गरेको संमाचार बाहिर आएपछि आलोचना गरेका छन् ।
प्रचण्डले आफ्नो स्वागतमा सिडियो नगएको भरमा सरुवा गराएपछि उनले प्रचण्डको गैर-राजनीतिक हर्कत भएको टिप्पणी गरेका हुन । कास्कीको सिर्जना चोकमा भएको नयाँ शक्तिका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रचण्डको हर्कत प्रति संकेत गर्दै भने, ‘ राजनीतिक दलहरुले गैर-राजनीतिक हर्कत गर्नुहुन्न, त्यस्तो हर्कत नयाँ शक्तिले कहिल्यै पनि गर्दैन ।
’करिब डेढ महिनाअघि गोरखाको सिडियो बनेर आएका गौतमको प्रचण्ड र उनका सहयोगीलाई रिझाउन नसक्दा सरुवा सप्तरी सरुवा भएको छ । गौतम माघ ६ गते सिडिओ भएर गोरखा अाएका थिए । फागुन १५ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गोरखा गएका प्रचण्डले जिल्लाका प्रशासकले आफूलाई वेवास्ता गरेको गुनासो गर्दै यसको परिणाम केही दिनभित्रै देखिने कार्यकर्ता प्रशिक्षणक्का क्रममा सार्वजनिक मतब्य दिएका थिए ।
पार्टी जिल्ला कार्यालयमा आयोजित प्रशिक्षणमा प्रचण्डले सिडिओप्रति लक्षित गर्दै सरकारमा रहेको दलको नेता आउँदा प्रशासकले देखाउने व्यवहार गतिलो नभएको बताउँदै भनेका थिए, ‘मलाई त यस्तो गर्नेले हाम्रा जनताको काम कसरी गरेका होलान् ।’ उनले यसको नतिजा केहि दिनमै आउने समेत बताएका थिए ।
प्रतिक्रिया