+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डको प्रतिवेदनमाथि बाबुरामको टिप्पणीः असली बाजेको पेडा बेच्ने होडबाजी !

पालिका लाइभ
२०७८ पुष १३, मंगलवार

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदन कार्यकर्ता झुक्काउने प्रतिवेदन भएको टिप्पणी गरेका छन्।

पूर्वमाओवादी नेतासमेत रहेका नेता भट्टराईले प्रचण्डको दस्तावेजबाट अवोध कार्यकर्ता केही वर्ष अरु झुक्किने बताएका हुन्।

‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनलाई पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको भन्दै उनले यसबाट फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने उनले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ