+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गर्दै ओली

पालिका लाइभ
२०७८ जेष्ठ ३१, सोमबार

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल–झलनाथ खनालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका छन्।

ओली पक्षका एक नेताका अनुसार अध्यक्ष ओलीले यसअघि नेपाल–खनाल पक्षलाई एकताका लागि राखेको ६ बुँदे प्रस्तावका आधारमा २०७५ जेठ २ गते कायम स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका हुन्।

ती नेताका अनुसार यस विषयमा ओली निचोडमै पुगिसकेका त छैनन्, तर तयारी गरिरहेका छन्। ओलीले नेपाल–खनाल पक्षको सहमति चाहिरहेका छन्। तर नेपाल–खनाल पक्षले ओलीले गरेको एकता आह्वानमा विभिन्न सर्त राख्दै अस्वीकार गरिसकेको छ।

यसैबीच केही दिनअघि मात्र सर्वाेच्च अदालतले एमालेको दसौं महाधिवशेन आयोजक कमिटी आधिकारिक संरचना नभएको अन्तरिम आदेश जारी गरेपछि ओलीलाई धक्का लागेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ