+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका १३ सहित गण्डकी प्रदेशमा थपिए ५० कोरोना संक्रमित

पालिका लाइभ
२०७७ भाद्र ३१, बुधबार

गाेरखा– गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।

कास्कीका २९, बागलुङका ३, तनहुँका ५ र गोरखाका १३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कास्कीका २९ जनामध्ये ८ जना नेपाल प्रहरी र एक जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत रहेको रहेको जनाइएको छ। उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ। याेसंगैप्रदेशमा काेराेना संक्रमितकाे संख्या ३१६६ पुगेकाे छ ।

गोरखाका १३ जनामध्ये गाेरखा नगरपालिका र भिमसेन थापागाउँपालिकाका २/२ जना छन् भने सहिद लखन गाउँपालिकाका १ जना संक्रमित छन् । त्यस्तै, बारपाक-सुलिकाेट गाउँपालिकाका ८ जना रहेका छन् ।

15201201 gandaki1

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ