+
Search

ताजा अपडेट +

पपुलर +

एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री

पालिका लाइभ
२०७६ असार १८, बुधबार

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर) को प्रमाणपत्र दिएको पाइएको छ।

अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका विषयहरूमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो।

जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यसमेत अख्तियार छानबिनमा छन्।

त्रिविले गरेको छानबिनमा कर्माचार्यले कोइरालालाई अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकासअन्तर्गतका १२ विषयमा नम्बर थपिदिएको पाइएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ